मानवताले तपाईंको सोचाइभन्दा अरूको सोचाइ कमजोर छ भन्दैन......



Pages

Sunday, May 30, 2010

मावोबादीहरुको सडक संबिधान


त्यसै भारतले मिचेर सानो भएको देशलाई मावोबादीहरुले अझ सानो पार्दैछन यो कति सम्म ठिकहोला त ??????????? १४ वटा अंचल लाई सानो बनाएर १२ मा लगे
माओवादीले १२ प्रदेशको संघीय राज्य संरचनासहित नयाँ संविधानको मस्यौदा सार्वजनिक गरेको छ ।

नेटवर्क व्यापार सुचारु गर्न सर्वोच्चको अन्तरिम आदेश

नेटवर्क व्यवासयलाई प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतले कम्पनी ऐन अन्तर्गत इजाजत लिइ व्यवसाय चलाइरहेको भन्दै कम्पनीहरुलाई कारोबार सुचारु गर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशहरु खिलराज रेग्मी र तपबहादुर मगरको संयुक्त इजलासले आइतबार यस्तो आदेश दिएको हो। वाणिज्य तथा आपूर्ति मन्त्रालयले सूचना २०६७ जेठ १० गते सूचना जारी गरी वस्तु बिक्री वितरणसँग सम्बन्धित नेटवर्क व्यवसायमा प्रतिबन्ध लगाएको थियो। नेटवर्क मार्केटिङ व्यवसाय सञ्चालनको प्रमाणपत्र वाणिज्य विभागबाट प्राप्त गरेको भन्दै सर्वोच्चले बन्द गर्दा हुनसक्ने आर्थिक क्षति समेतलाई ध्यानमा राख्दै अन्तरिम आदेश जारी गर्नुपरेको बताएको छ।

Monday, May 24, 2010

युनिटीसहितसबै नेटवर्क व्यापारमाथि सरकारद्वारा प्रतिबन्ध



नेटवर्क व्यापारका नाममा ठगी गरेको सार्वजनिक भएपछि सरकारले आइतबार सबै किसिमका नेटवर्क मार्केटिङ व्यवसायमाथि प्रतिबन्ध लगाएको छ।यसअनुसार युनिटीलगायत सञ्चालनमा रहेका झन्डै एक दर्जन नेटवर्क मार्केटिङ कम्पनी खारेजीमा परेका छन्। युनिटीअन्तर्गत चलिरहेका डिपार्टमेन्ट स्टोर, डेरी, अस्पताल लगायत कम्पनी पनि खारेज भएका छन्। अर्थमन्त्री सुरेन्द्र पाण्डेले यस्तो घटना फेरि नदोहोरियोस् भनेर सबै प्रकारका नेटवर्क व्यवसाय खारेज गरी प्रतिबन्ध लगाउने निर्णय गरेको जानकारी दिए।अर्थले आइतबारै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर नियमावली खारेज गरी यस प्रकृतिका सबै व्यवसायलाई प्रतिबन्ध लगाउन आग्रह गर्‍यो। यस आधारमा वाणिज्यको निर्देशिकाअनुसार दर्ता भएका वस्तु व्यापार गर्ने चार नेटवर्क कम्पनी स्वतः प्रतिबन्धित भएका छन्। ती कम्पनी हर्बो इन्टरनेसनल प्रालि, बेस्ट वर्ल्ड बिजनेस लिंक, क्रिस्टल भिजन इन्टरनेसनल लिमिटेड र रोबियस इन्टरनेसनल प्रालि हुन्। गोल्ड क्वेस्ट काण्डपछि पनि सोझासाझा जनतालाई फुस्ल्याएर आफ्नो नेटवर्क मार्केटिङको जालोमा फसाउन थुप्रै ठग कम्पनीहरू आए। यसमा दुबईको प्राइम बैंक इन्टरनेसनल, डियोसफ्ट, लाइफ भिजन, क्विक अर्निङ प्रोग्राम, कन्जरभेसन नेपाल, वेबलाइन, नियोसफ्ट, इनोभेटिभ र नोबेल प्रमुख छन्।
यसबीच अर्थले युनिटीबाट सार्वजनिक पद वा राजनीतिक पार्टीका उच्च ओहादमा आसिन केही पदाधिकारीसँग खिचिएका तस्बिर तथा शुभकामना सन्देश देखाएर सर्वसाधारण झुक्याउने गरेको बताएको छ। 'यथार्थ नबुझी यस्ता कम्पनीका कार्यक्रममा सहभागी नहुन आग्रह गर्छौं,' उसले भनेको छ।
पछिल्ला वर्षहरूमा एउटा बैंकले भन्दा बढी पैसा उठाउन सफल यो कम्पनीले खाडी तथा पूर्वी एसियाली मुलुकहरूमा पनि विभिन्न कार्यक्रम बेचेर साढे दुई अर्ब रुपैयाँभन्दा बढी उठाइसकेको छ। युनिटीका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीले विदेशमा २ लाख ५० हजार गैरनेपाली ग्राहक रहेको बताएका थिए। कम्पनीले दीर्घकालीन सामाजिक सुरक्षा र अल्पकालीन ट्राभल प्याकेजका नाममा प्रत्येक ग्राहकसँग २ सयदेखि २ सय ४० अमेरिकी डलर उठाइरहेको थियो। त्यो सबै पैसा नेपाल भिœयाइसकेको कम्पनीको भनाइ छ। विदेशी विनिमय ऐनअनुसार कुनै पनि कम्पनीले राष्ट्र बैंकको स्वीकृतिबिना विदेशी मुद्रामा कारोबार गर्न पाउँदैन।

मलेसियामा अबैध बिदेशी कामदारलाई घर र्फकने मौका

मलेसिया सरकारले भिसा म्याद नाघेका र गैरकानुनीरुपमा कार्यरत विदेशी कामदारहरुलाई ६ बर्षपछि पहिलोपटक घर र्फकने मौका दिने भएको छ ।बैठकपछि संचारकर्मीसंग कुरा गर्दै मलेसियाका उप-प्रधानमन्त्री तान श्री मुयीदिन एसिनले यो व्यवस्था अनुसार स्वदेश र्फकन चाहने बिदेशी कामदारलाई कुनै कानुनी कारवाही नगरिने बताए । यसअघि मलेसियाले सन् २००२ र सन् २००४ मा स्वदेश र्फकन यस्तैखाले अबसर खुला गरेको थियो ।मलेसियामा करिव ७० हजारको संख्यामा अबैध नेपाली कामदार रहेको अनुमान गरिन्छ ।गृहमन्त्रीसहित प्रहरी प्रमुख, महान्यायाधिबक्ता लगायत कामदारसंग सम्बन्धीत १७ वटा सरकारी एजेन्सीका प्रतिनिधि उपस्थीत मन्त्रिपरिषद्को बैठकमा उपस्थित थिए । कामदारलाई सुरक्षित स्वदेश फिर्ताका लागि लाग्ने पुरै खर्च सरकारले नबेहोर्ने भन्दै उनले रोजगारदाताको पनि जिम्मेवारी हुने बताए । अहिलेसम्म स्वदेश र्फकदा टिकट खर्च बाहेक कति जरिवाना रकम लाग्ने भन्ने सरकारले स्पष्ट पारेको छैन् ।

Saturday, May 22, 2010

आमा भन्दै रुन पाउ कर्ण दासको स्वरमा

परदेश बाट छोरो .......फर्केन ....

एअर इन्डिआको विमान मैंगलोरमा दर्घटना


दुवईबाट भारतको मैङलोर आइरहेको एअर इण्डिआको यात्रुवाहक विमान शनिबार विहान मैङलोरमा दुर्घटनाग्रस्त भएको छ । बीबीसीका अनुसार उक्त विमानमा १ सय ६९ भन्दा बढी यात्रु सवार थिए । दुर्घटनामा धेरै व्यक्तिको मृत्यु भएको हुनसक्ने ऐजेन्सीहरुले जनाएको छ ।

मैङलोर सहर भन्दा ३० किलोमिटर टाढा तडके विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । ल्याण्ड गर्ने समयमा विमान हवाई अड्डा भन्दा अगाडि बढेर पहाडी क्षेत्रमा झरेको बीबीसले जनाएको छ । दुर्घटनापछि विमानमा आगो लागेको छ । त्यहाँ उद्धार टोली पुगेको छ । कतिपय जिवित तर गम्भीर घाइतेलाई अस्पताल पुर्‍याउने प्रयास भइरहेको छ । ९ जनालाई जिवितै उद्धार गरिएको समाचार ऐजेन्जीहरुले जनाएको छ । घटनास्थलमा कतिपय शव देखिएको छ ।
युएईका लागि नेपाली राजदूत अर्जुनबहादुर थापाका अनुसार अधिकांश नेपालीहरु युएईका विभिन्न विमानस्थलबाट सिधा काठमाडौंको उडानमा जाने भएकोले दुर्घटनाग्रस्त विमानमा नेपालीहरु पर्ने संभावना अत्यन्त न्यून छ । 'सिधा उडान भएकोले उक्त विमानमा नेपाली यात्रु पर्ने संभावना छैन' थापाले भने-'यदी कोही गएका छन् की हामीले बुझ्दै छौं

Thursday, May 20, 2010

साबधान साबधान युनिटी नेटवर्क व्यापारमा कतै तपाईं पनि ठगिनु भएको त छैन? छैनभनेसबैकुराबुझेरमात्रअरु नेटवर्कमालाग्नुहोला

पाँच वर्षदेखि गैर कानुनी रुपमा नेटवर्किङ व्यवसाय सञ्चालन गरिरहेको युनिटीले सबै नेटवर्क कम्पनीहरुमा नराम्रो असर परेको सत्य हो |नेटवर्क व्यवसाय आफुमा नराम्रो होइन यो नया जमानाको नौलो आयाम हो तर हाम्रो नेपाली समाजमा नेटवर्क ब्यबसाय भनेको मागीखाने भाडो को रुपमा देखिएको छ | किनकि यस्ता यस्ता मान्छेहरु जुन दुवै को बैंक बाट हजारौ रियालऋण लिएर ऋणी भएकाहरुले संचालन गरेको नेटवर्क ले आज सर जगतमा नेटवर्क व्यवसायको बेइजेत गरेको भान हुन्छ | खै कम्पनिको अधिकारिक पत्र जुन दिर्घकालिन सम्म रहन सकोस खै नीति नियम हरु युनिटी को अनि कहाँ छन् नेपाल सरकारबाट पाएको अधिकारिक पत्र के छ आधार कम्पनिको खै उदेश्यहरु खाली दिवास्वप्न देखाउदै सर्बसाधारण गरिब हरुलाई लुट्दै नेटवर्क ब्यबसायको धज्जी उडाउने ? यस्ता कम्पनि अनि कम्पनि संचालकहरुलाई नेपाल सरकारले त्यतिकै छाड्नुहुदैन सबै जनताको पैसा फिर्तागरेर अब देखि यस्ता कम्पनि हरुलाई नेपालमा भित्रिन दिनुहुदैन हो नेपालमा राम्रा पनि नेटवर्क ब्यबसाय हरु छन् सबै यस्तै हो भन्न मिल्दैन राम्रो गरेकोपनि सबैले देखेको नै छन् तर पनि त्यो कम्पनि के हो आधार के छ भोलि हामीलाई र देश लाई कति राम्रो हुन्छ त्यो सबै बुझेर लाग्नुपर्छ |परनिर्भरताले देशमा कुनै आर्थिक क्रान्ति गर्दैन जसरि देशको अर्थीकमा क्रान्ति ल्याउनु छभने देश स्वयं सक्षम छ नि खै त सदुपयोग देशको जलश्रोत नेपाली जडिबुटीहरु जस्तै यार्सा गुम्बा नेपाली चिया यो नै नेपालको सन्दर्भमा नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिन्छ |नेटवर्क ब्यापारीमा होइन मैले नेटवर्क बुझे अनुसार यो त कम्प्युटर जमानाको नया अनौठो व्यापार मात्र हो |पहिला नेपालमा नै कुकुरको प्रयोग हुदैनथ्यो आज हेर्नुस सम्पूर्ण नेपालीहरुको भान्छामा प्रेस्सरकुकर मा खान पाक्छ भने पछि त्यो पनि नेटवर्क व्यापार हो आजको युगमा बिकशित मुलुकहरुमा हार्ड वोर्क (hard work )होइन स्मार्ट वोर्क (smart work )गर्छन अब गए हार्ड वोर्क गर्ने जमाना त्यसैले नेटवर्क आफुमा नराम्रो होइन नेटवर्क लाई नराम्रो बनाउने भ्रष्ट हरुले आज सोझा साझा जनताको पैसामा आलिशान महल बनाएर राज गरिराखेको छन् र त्यस्ता नेटवर्क जुन अरु राम्रा नेटवर्क को बदनाम गर्नपट्टि लागेकोछन त्यस्ता लाइ नेपाल सरकारले संरक्षण गरेर होइन बदनाम गरेर निकल्नुपर्चा ति भनेका नेटवर्क व्यापारक कलङ्क हुन् ति फेरी सल्बलाउन पाएभने अर्को दुर्गति निम्त्याउन सक्छन र देश लाई नराम्रो असर पार्छ..साबधान साबधान बुझेर मात्र नेटवर्क ब्यापारमा सदस्य बन्नु सबैको लागि भलो हुन्छ Abhishek kharel

Wednesday, May 19, 2010

राष्ट्रपति, प्रधानमन्त्री र विपक्षी नेता नै युनिटीका संरक्षक




युनिटी आहा || पार्यो सबै लाई स्वाहा ||||||||||

लौ हेर्नुस त यो युनिटीलाइफ को बिल्डिंग के यो बिल्डिंग हेर्दा युनिटीले ठगि गर्छ जस्तो लागेकोथियो ?????????
त्यति बेला मनको लड्डु घिउ संग खानुभयो ऐले बल्ल थाहा हुदै छ होसियार है यस्ता ठगि गर्ने कम्पनिहरु संग हाम्रो देशको हर्बो नै ठिक लग्यो न कहिँ ठगि गरि भाग्ने न इलिगल हर्बोको जडिबुटी खाए त्यो युनिटीको अस्पताल पनि जानु नपर्ने पैसा पनि नफस्ने कि कसो दाजु भाई दिदि बहिनी हरु विचार गरेर हर्बो तिर पनि एक नजर लगाउनु है .........

सबै कार्यकर्ता र जनताका कुरा सुन्दा सुन्दै थाकेका प्रचण्ड

वासनादार बन्ने कि ?

मीठो वासना हरेकलाई मनपर्छ । यसले आफू स्वयंलाई तथा आफूसँग भएका व्यक्तिको तनमनलाई समेत प्रफुल्लित तुल्याउँछ । यद्यपि वासनाले त्यसबेला मात्र प्रभाव देखाउन सक्छ जब राम्रो सुझबुझका साथ यसको छनौट गरन्िछ अर्थात् ध्यान दिएर मात्र परफ्युम किनिन्छ ।
मिहिलाहरूको परफ्युम हल्का हुन्छ । यस्तो वासना लामो समयसम्म कायम रहन्छ । परफ्युमका अतिरिक्त महिलाहरूले युडी कोलोन तथा युडी टायलेट पनि प्रयोग गर्न सक्छन् ।
पुरुषहरूका लागि डियोडरेन्टका अतिरिक्त कोलोन पनि उपलब्धिमूलक हुन्छ 
पुरुषहरूलाई कडा वासना भएका परफ्युम मनपर्छन्, जसमा मस्कुलिन, टोबेको तथा मास्क विशेष प्रचलनमा छन्

आकर्षक व्यक्तित्वको पहिचान
वासनादार हुनु व्यक्तित्व बढाउनु हो । मानिसको मस्तिष्कको साँचो मनसँग हुन्छ । यी दुई कुरा ताजा छन् भने व्यक्तित्वमा निखार आउँछ । यसका लागि परफ्युम सहयोगी हुनसक्छ । राम्रो परफ्युमले मानिसको जीवनस्तर बढाउन सहयोग गर्छ ।

कुछ कुछ होता हैं नेपाली संगीतमा

कहिले कहिँ यस्तो रमाइलो गित पनि सुन्ने गर्नु पर्छ


सधै मेरो ब्लगस्पोट हेर्दा अफ्नोलेख हरु मात्र दिक्क लागेको होला कृपया एकपटक यो गीत सुनेर मनोरंजन लिनु होला

Tuesday, May 18, 2010

पोखराको युनिटी कार्यालय बन्द, अस्पतालमा प्रहरी तैनाथ


युनिटी लाइफ इन्टरनेसनलको पोखराको सिद्धार्थ चोकस्थित कार्यालय बन्द भएको छ। आफ्नो रकम फिर्ता पाउनु पर्ने माग राख्दै आक्रोशित सदस्यहरु सिमलचौरस्थित युनिटी अस्पतालमा केन्द्रित भएपछि प्रहरी तैनाथ गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी सम्भु कोइरालाले गृह मन्त्रालयको निर्देशनका आधारमा युनिटीका जिल्लास्थित जिम्मेवार व्यक्तिलाई पक्राउ गर्न आदेश दिएपछि जिल्ला प्रहरीको विशेष टोली खटिएको हो।गैरकानुनी आर्थिक कारोबार गरिरहेको युनिटी लाइफ इन्टरनेसनलको पोखरास्थित कार्यालयका सम्बन्धित अधिकारीलाई पक्राउ गर्न मंगलबार बिहानैबाट प्रहरी परिचालित भएको छ। प्रहरीका अनुसार युनिटीका निर्देशक लक्ष्मण शर्मा, कार्यक्रम संयोजक नरेन्द्र मैनाली र अस्पताल व्यवस्थापन समितिका माधव क्षेत्रीलाई प्रहरीले पक्राउ पुर्जीसहित खोजिरहेको छ।युनिटीको गैरकानूनी कारोबारबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि आईतबार र सोमबार पोखरास्थित कार्यालयमा पैसा फिर्ता माग्ने सयौं सदस्यको भीड लागेको थियो। पोखरा र आसपासका क्षेत्रमा युनिटीले करिब २३ हजार सदस्यबाट ३४ करोड रुपैयाँ उठाएको अनुमान छ।कतिपय सदस्य पैसा फिर्ता पाउनुपर्ने माग गर्दै सिमलचौरस्थित युनिटी अस्पतालमा समेत पुगेका थिए। उक्त अस्पतालका निर्देशक लक्ष्मण शर्मा पनि आइतबार युनिटीबारे पत्रपत्रिकामा समाचार छापिएपछि राजधानी गएका छन्।

युनिटीका क्षेत्री दाजुभाइ को हुन्?
अर्बौ रुपैयाँ उठाउन सफल युनिटी लाइफ इन्टरनेशनलका प्रवन्ध निर्देशक विष्णु क्षेत्रीको विगतबारे आश्चर्यजनक तथ्य फेला परेको छ।
आर्थर डाँडाखर्क गाविस-३ घर भएका विष्णु साढे १२ वर्ष अघि नेपाल प्रहरीबाट विभागीय कारवाहीको क्रममा पाँच महिना जेल परेका व्यक्ति हुन्। प्रहरी प्रधान कार्यालयको भण्डार शाखामा कार्यरत समयमा बिदा बसेका एक सहकर्मीको नक्कली हस्ताक्षर गरेर एकलाख ९४ हजार रुपैयाँ हिनामिना गरेका थिए।लेखापरीक्षण हुँदा हिनामिनाको घटना पत्ता लागेपछि प्रहरीको कोर्ट मार्शलको क्रममा उनी २०५४ असोजदेखि ५ महिना जेल परे। जेलबाट छुटेपछि वैदेशिक रोजगारीको क्रममा दुबई पुगेर त्यहाँको सुरक्षा गार्ड पदमा काम गरेका थिए। उनले दुबईको एक बैंकबाट क्रेडिट कार्डबाट ७६ हजार रियाल ऋण लिएका थिए। यो ऋण नतिरेपछि अहिले पनि उनको घरमा ऋण तिर्न बैंकले पत्राचार गरिरहेको छ।

एउटी पत्‍नी हुँदाहुँदै विष्णुले गत वर्ष युनिटीमै काम गर्ने अर्की एक युवतीसँग विवाह समेत गरेका छन्।

युनिटीमै प्रशिक्षण निर्देशक रहेका कृष्ण क्षेत्री र विष्णु सहोदर दाजुभाइ हुन्। १० वर्षअघि पर्वतबाट चितवन बसाई सरेका उनीहरुको शैक्षिक योग्यता १० कक्षा उत्तीर्ण मात्र हो। स्थानीय बासिन्दाहरुका अनुसार, दुबैले पञ्चकोशी माध्यामिक विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेका छन्।
विष्णुले भने पृथ्वीनारायण क्याम्पसबाट आईए उत्तीर्ण गरेको प्रमाण पत्र देखाउने गरेका छन्।

गाउँमा सामाजिक काम धेरै गरेको बताए पनि अहिलेसम्म कुनै सहयोग नगरेको आर्थरकै स्थानीय पत्रकार दुर्गाप्रसाद शर्माले जानकारी दिए। 'गत माघमा भएको आर्थर महोत्सवमा प्रमुख अतिथि बनाएर लगेपछि दुईलाख रुपैयाँ दिने घोषणा गरेका थिए, घोषणा अनुसार अहिलेसम्म दिएको सुनेको छैन,' शर्माले नागरिकसँग भने।

विष्णुका दाजु कृष्ण भने नेपाली सेनाबाट जागिर छाडेका व्यक्ति हुन्।
http://www.nagariknews.com

Sunday, May 16, 2010

सुरेन्द्र अंकल सिंगापुर र मलेशिया भ्रमणमा

मेरो हजुरबुवा कर्मयोगी महात्मा पन्डित खेमराज खराल (शर्मा)

युनिटीको व्यापार 'गैरकानुनी'



काठमाडौं, जेठ २- गैरकानुनी रूपमा नेटवर्क मार्केटिङ व्यापार र सामाजिक सुरक्षा कार्यक्रम चलाइरहेको युनिटी लाइफ इन्टरनेसनलले ६ लाख ५० हजारभन्दा बढी ग्राहकमा आफ्नो जालो फिजाएर ६ अर्ब रुपैयाँभन्दा बढी संकलन गरिसकेको छ।
राजधानीलगायत देशका गाउँगाउँसम्म फैलिएको यो कम्पनीले कुनै पनि नियमन निकायसँग अनुमति नलिई बिमा पोलिसीसँग मिल्दोजुल्दो 'एस्युरेन्स' योजना र स्वास्थ्य कार्यक्रम चलाइरहेको छ।
एस्युरेन्स योजनाअन्तर्गत कम्पनीले आफ्ना ग्राहक (जसलाई ऊ 'सदस्य' भन्छ) सँग प्रतिव्यक्ति १५ हजार रुपैयाँ उठाउँछ। यसबापत् ५ लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा र १ लाख रुपैयाँको स्वाभाविक मृत्यु बिमा सुविधा दिने उसले बाचा गरेको छ। ग्राहक जीवित रहेको अवस्थामा पाँच वर्षपछि वार्षिक १० प्रतिशत व्याजसहित पैसा फिर्ता गर्ने उसको दाबी छ।

स्वास्थ्य कार्यक्रमअन्तर्गत युनिटीले आफ्ना ग्राहकसँग प्रतिव्यक्ति १५ हजार ७ सय ५० रुपैयाँ उठाउँछ। यसबापत् कम्पनीद्वारा देशका विभिन्न जिल्लामा सञ्चालित अस्पतालहरूमा जिन्दगीभरि निःशुल्क स्वास्थ्य उपचारको सुविधा दिन्छु भनी उसले प्रतिबद्धता गरेको छ। कम्पनीले १९ जिल्लामा युनिटी अस्पताल सञ्चालन गरिरहेको छ। काठमाडौं, पोखरा र इटहरीमा बाहेक उसले भनेका अन्य कुनै पनि जिल्लाका अस्पतालमा न्यूनतम सुविधासमेत छैन। केही कोठामा चलाइएका ती अस्पताल क्लिनिकजस्तै छन्।

युनिटीले धेरै सदस्य बनाउने ग्राहकले प्रत्येक साता दुई लाख रुपैयाँ कमाउनसक्ने सपना पनि बाँडेको छ।
मार्केटिङ काण्ड

युनिटीले 'पिरामिड' ढाँचाको नेटवर्क मार्केटिङका माध्यमबाट ग्राहकलाई एस्युरेन्स योजना र स्वास्थ्य योजना बेच्दै आएको छ। नेटवर्क मार्केटिङ आफैंमा गैरकानुनी व्यापार हो। धेरै देशले यस्तो व्यापारमा प्रतिबन्ध लगाएको छ।

नेटवर्क मार्केटिङ मोडलमा कम्पनीका प्रत्येक ग्राहकले आफूअन्तर्गत दुईजना नयाँ ग्राहक बनाउनुपर्छ। यसबापत् उसलाई १० अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ (प्रचलित विनिमय दरअनुसार ७ सय १० रुपैयाँ) कम्पनीले कमिसन दिन्छ। यो क्रम विस्तारै बढ्दै जान्छ। चारजना नयाँ ग्राहक नेटवर्कभित्र ल्याउनेलाई २० डलर, छजनालाई ४०, आठजनालाई ८० र १० जना ग्राहक बनाउनेलाई १ सय ४० डलर कमिसन दिइन्छ।

नयाँ ग्राहकले पनि त्यस किसिमले आफूअन्तर्गत अरू नयाँ ग्राहकहरू थप्दै लग्नुपर्छ। नेटवर्क मार्केटिङको यही शैलीलाई 'पिरामिड' ढाँचा भनिन्छ। यस्तो कारोबार सफल हुन ग्राहक संख्या अनन्तसम्म फैलिन सक्नुपर्छ, जुन वास्तविक रूपमा कहिल्यै सम्भव हुँदैन। कहीँ न कहीँ पुगेपछि यो जालो तोडिन्छ। त्यतिखेर कम्पनी धरासायी हुन्छ। सुरुमै ग्राहक बन्ने र नयाँ ग्राहक बनाउनेले केही फाइदा लिए पनि पछि जालोमा सामेल भएकाहरू डुब्छन्।

नेपालमा पहिले पनि दर्जनभन्दा बढी यस्ता नेटवर्क मार्केटिङ कम्पनीहरूले उपभोक्ताबाट अर्बौं रुपैयाँ ठगेका थिए। त्यसमध्ये हङकङको 'गोल्ड क्वेस्ट' सबभन्दा कुख्यात छ। यो १० वर्षअघि सन् २००० मार्चमा नेपाल छिरेको थियो। नेपालमा सरकार र राष्ट्र बैंकले गोल्ड क्वेस्टलाई 'गैरकानुनी' घोषणा गर्दासम्म यसले सर्वसाधारणसँग दुई अर्ब रुपैयाँभन्दा बढी उठाइसकेको थियो। त्यो पैसा कहिल्यै फिर्ता भएन। कम्पनीका केही एजेन्ट थुनामा परे।

त्यसपछि पनि सोझासाझा जनतालाई फुस्ल्याएर आफ्नो अवास्तविक नेटवर्क मार्केटिङको जालोमा फसाउन थुप्रै ठग कम्पनीहरू आए। यसमा दुबईको प्राइम बैंक इन्टरनेसनल, डियोसफ्ट, लाइफ भिजन, क्विक अर्निङ प्रोग्राम, कन्जरभेसन नेपाल, वेबलाइन, नियोसफ्ट, इनोभेटिभ र नोबेल प्रमुख छन्।

बिनालगामको विस्तार

युनिटीको कारोबार ऐनकानुनको सीमाभन्दा बाहिर भए पनि सम्बन्धित निकायले यसलाई कारबाही गर्न सकेको छैन। केही वर्षदेखि प्रशासनको नाकमुनिबाटै लगातार आफ्नो जालो विस्तार गर्न सफल भएपछि कम्पनीको मनोबल बढेको छ। यसले देशभित्र मात्र होइन, देशबाहिर पनि आफ्नो सञ्जाल फैलाएको छ।

युनिटीका प्रबन्ध निर्देशक विष्णु क्षेत्रीका अनुसार कम्पनीले हङकङ, दुबई, मलेसिया र कतारमा कर्पोरेट कार्यालय खोलेको छ भने अन्य १३ वटा देशमा सम्पर्क कार्यालय छ। ६२ देशमा कम्पनीको सञ्जाल फैलिएको उनले जानकारी दिए।

'नेपालमा हाम्रा करिब चार लाख सदस्य छन्। भारत, मलेसिया, खाडी मुलुक, इजरायल लगायत देशमा २ लाख ५० हजार विदेशी सदस्य पनि छन्,' क्षेत्रीले भने। कम्पनीले नेपालभित्र सञ्चालित कार्यक्रमबाट मात्र हालसम्म ६ अर्ब रुपैयाँभन्दा रकम उठाइसकेको उनले दाबी गरे। यो दाबी सत्य भए कम्पनीले आफ्ना विदेशी ग्राहकहरूबाट कम्तिमा थप ३ अर्ब ७५ करोड रुपैयाँ उठाइसकेको छ। 'सन् २०१० को अन्तसम्ममा २० लाख सदस्य पुर्‍याउने हाम्रो लक्ष्य छ,' युनिटीका वैदेशिक निर्देशक दिपक भट्टराईले भने।

छेलोखोलो पैसा भएपछि कम्पनीले लगानी गर्न सकिनेजति सबै खालका क्षेत्रमा नयाँ आयोजना सुरु गर्ने प्रचार गर्न थालेको छ। यसमा रियलस्टेटदेखि हवाई सेवा, डिपार्टमेन्ट स्टोर र डिटिएच स्टयाटलाइट टेलिभिजनसमेत छन्।



खाडी मुलुकमा ग्राहक बनाउन दूतावास परिचालन

स्वदेशबाहिर युनिटीको खास ध्यान गरिब नेपालीहरू पैसा कमाउन गएको खाडी तथा पूर्वी एसियाली मुलुकहरूमा केन्द्रित छ। ती देशमा कारोबार फैलाउन कम्पनीले आफ्नो राजनीतिक सम्पर्क लगाएर त्यहाँका दूतावासहरूलाई परिचालन गरेको थियो। 'विदेशमा काम गरिरहेका करिब ६५ हजार नेपाली कामदार हाम्रो सदस्य छन्,' क्षेत्रीले भने।



कम्पनी सञ्चालनको कानुनी मान्यताबारे सोधिएको प्रश्नमा उनले भने, 'कुन कानुनले युनिटी लाइफ इन्टरनेसनलको कारोबारलाई गैरकानुनी भन्छ? गोल्डक्वेस्टलाई गैरकानुनी थियो भनेर कसले भन्यो?'

नेपालमा युनिटीले दिँदै आएको सेवा नियमन गर्ने कानुन नै नभएको उल्लेख गर्दै उनले आफू त्यस्तो कानुनको पक्षमा वकालत गरिरहेको बताए। 'युनिटीले यति ठूलो स्तरमा आफ्नो कारोबार फैलाइसक्यो। हामी आफ्ना सदस्यलाई उज्ज्वल भविष्यको बाचा गर्छौं,' उनले भने, 'हाम्रो कारोबारलाई कानुनी दायराभित्र ल्याउने कुनै कानुन नभए पनि राज्यले भविष्यमा त्यस्तो कानुन बनाउनुपर्छ।'

राज्यले किन कारबाही गरेन?

देशका अधिकांश सरकारी नियमन निकायहरू युनिटीद्वारा सञ्चालित कार्यक्रमलाई 'गैरकानुनी' र 'ठगी' भन्छन्। तर, तीमध्ये कोही पनि यो कम्पनीविरुद्ध कारबाही गर्न अघि बढेका छैनन्।

'नेपालमा नेटवर्क मार्केटिङ अझै पनि गैरकानुनी छ,' वाणिज्य विभागका महानिर्देशक अनिल ठाकुरले भने।

बिमा समितिका अधिकारीहरू पनि 'युनिटीले एस्युरेन्स योजना भन्ने छ्दम नाम राखेर गैरकानुनी रूपमा बिमा पोलिसी बेचिरहेको' बताउँछन्। 'एस्युरेन्स र इन्स्युरेन्स (बिमा) लाई संसारभरि एउटै रूपमा बुझिन्छ,' समितिका प्रवक्ता शेखरकुमार अर्यालले भने, 'कसैले फरक देखाउन खोज्छ भने ऊ शब्दसँग खेलेर झुक्याउन खोजिरहेको छ।'

सिधै कारबाहीमा नउत्रिए पनि चारवटा प्रमुख नियमन निकायहरू राष्ट्र बैंक, बिमा समिति, धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रारको कार्यालयले सर्वसाधारणलाई यस्ता कार्यक्रममा सामेल नहुन सार्वजनिक अपिल भने जारी गरेका छन्। यी चार निकायले २०६५ असार ३ गते विभिन्न प्रमुख अखबारहरूमा संयुक्त अपिल जारी गर्दै 'अनधिकृत कम्पनीले बेचिरहेको बिमा तथा बैंकिङ पोलिसी नकिन्न' आग्रह गरेका थिए। यी संस्थाले पिरामिड ढाँचाको नेटवर्क मार्केटिङलाई 'आमठगी' को संज्ञा दिएका थिए। युनिटीको नामै किटान भने गरिएको थिएन।

नागरिकले केही नियमन निकायका प्रमुखसँग 'किन युनिटीलाई कारबाही गरिएन' भन्ने प्रश्न गर्दा उनीहरू विभिन्न बहाना देखाएर पन्छिन खोजे। युनिटीद्वारा सञ्चालित कारोबारलाई 'गैरकानुनी' बताउन भने कोही पछि परेनन्।

वाणिज्य विभागका महानिर्देशक ठाकुरले 'युनिटीजस्तो ठूलो र तीव्र गतिमा अघि बढिरहेको कम्पनीलाई कारबाही गर्न जनशक्ति र स्रोतसाधन अभाव भएको' बताए। यो उपभोक्ता हितसँग सम्बन्धित विषयमा काम गर्ने अधिकारप्राप्त सरकारी निकाय हो।

बिमा समितिले पनि यस्तै बहाना गर्‍यो। 'अनधिकृत रूपमा बिमा पोलिसी बेच्ने कम्पनीहरूलाई के कारबाही गर्न सकिन्छ भन्नेबारे बिमा ऐनमा केही उल्लेख छैन,' समितिका अध्यक्ष फत्तबहादुर केसीले भने, 'यसले हामीलाई कारबाही गर्न हात बाँधेको छ।'

राष्ट्र बैंकका अधिकारीहरू भने यो विषयमा कुरा गर्न पनि मान्दैनन्। गभर्नर युवराज खतिवडाले भने युनिटीका गतिविधिबारे जानकारी लिने काम भइरहेको बताए।

सम्बन्धित सरकारी अधिकारीहरू युनिटीमाथि कारबाही गर्न नसक्नुमा दुईवटा कारण देखाउँछन्। पहिलो, युनिटीको राजनीतिक पकड एकदमै बलियो छ। सबै दलहरूसँग उसको राम्रो सम्बन्ध छ। नियमन निकायले कारबाहीमा जाने प्रस्ताव ल्याउँदा पनि उच्च राजनीतिक तहबाट त्यसलाई बीचैमा तुहाइन्छ।

कुनै पनि कानुनी आधार पूरा नगरेको युनिटीको कारोबार विस्तारमा गृह मन्त्रालयबाट प्रत्यक्ष सहयोग प्राप्त हुनुले यो भनाइ पुष्टि गर्छ। गृहले विभिन्न जिल्लामा युनिटीका कार्यक्रम सहज रूपमा सञ्चालन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको थियो। खाडी तथा पूर्वी एसियाली मुलुकहरूमा रहेका नेपाली दूतावासले पनि ती देशमा काम गर्ने नेपाली कामदारहरूमाझ युनिटीको जालो फैलाउन मद्दत गरेका थिए।

'राजनीति र प्रशासन दुवै क्षेत्रमा युनिटीले बलियो पकड जमाएको छ,' वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, 'हाम्रा मन्त्री र सचिवहरू नै कम्पनीबाट प्रभावित छन्, उसका कार्यक्रममा भाग लिन्छन् र स्मारिका प्रकाशनहरूमा शुभकामना सन्देश छपाउँछन् भने हामी कसरी कारबाही गर्न सक्छौं?'

युनिटीलाई कारबाही नगरिनुको दोस्रो कारण यसको उच्च कारोबार परिमाण र सदस्यहरूको संख्या हो। 'छ लाखभन्दा बढी सदस्य बनाएको यति ठूलो कम्पनीलाई राजनीतिक नेताहरूको प्रयासविना सरकारी कर्मचारीले मात्र कारबाही गर्न सक्दैन,' मन्त्रालयका ती अधिकारीले भने, 'कोही पनि यसमा हात हालेर जोखिम मोल्न चाहँदैनन्।'



'त्रुटीपूर्ण' व्यापार विधि

युनिटीले अपनाइरहेको व्यापार विधि आफैंमा त्रुटीपूर्ण, अस्वाभाविक र असम्भाव्य छ।

कम्पनीद्वारा सार्वजनिक कार्यक्रम सञ्चालन विधिअनुसार एस्युरेन्स (वा बैंकिङ) योजना र निःशुल्क स्वास्थ्य सेवाका लागि सर्वसाधारणबाट उठाएको रकमको ४३ प्रतिशतसम्म मार्केटिङ, भ्याट तथा अन्य प्रशासनिक खर्चमा प्रयोग भइरहेको छ।

'अरू कम्पनीजस्तै हामी आफूले उठाउने १५ हजार रुपैयाँमध्ये ३ हजार रुपैयाँ कमिसन र अन्य प्रबर्द्धनात्मक कार्यक्रममा खर्च गरिरहेका छौं,' युनिटीका प्रबन्ध निर्देशक क्षेत्रीले भने। कम्पनीले पुँजी संकलन गर्नेबित्तिकै त्यसको २० प्रतिशत रकम खर्च गरिरहेको उनले स्वीकार गरे।

कम्पनीले एस्युरेन्स व्यापारमा १३ प्रतिशत भ्याट र अस्पतालमा ५ प्रतिशत सेवा शुल्क नियमित रूपमा तिरिरहेको पनि जनाएको छ। यसबाहेक नेपाल र अन्य विभिन्न देशमा सञ्चालित कार्यालयमा काम गर्ने २ हजार ३ सयभन्दा बढी कर्मचारीको पारिश्रमिकमा पनि उसको खर्च हुन्छ।

कम्पनीले आफ्नो एस्युरेन्स योजनाका ३ लाख ३५ हजार ग्राहकलाई पाँच वर्षमा १३ हजार रुपैयाँ सावाँ र १० प्रतिशत व्याज फिर्ता गर्नुपर्छ। युनिटीले आफ्ना ग्राहकसँग प्रतिव्यक्ति १५ हजार रुपैयाँ उठाए पनि त्यसमध्ये २ हजार भ्याटमा जान्छ। पाँच वर्षभित्र ग्राहकको मृत्यु भए कम्पनीले थप आर्थिक दायित्व बेहोर्नुपर्छ।

यी सबै खर्चपछि कम्पनीसँग उसले भनेजस्तो नाफामूलक क्षेत्रमा लगानी गर्न र प्रतिफल कमाउन धेरै पैसा बच्दैन।

'कम्पनीले आफ्नो सबै आर्थिक दायित्व इमानदारीसाथ बेहोर्ने हो भने प्रत्येक वर्ष ५० प्रतिशतभन्दा बढी नाफा कमाउनुपर्छ,' बिमा समितिमा पहिले बिमा कम्पनीहरूको नियमन विभाग हेर्ने प्रकाश खनालले भने, 'युनिटीको कारोबार पूर्ण रूपमा असम्भाव्य छ।'

युनिटीका उच्च अधिकारीहरू भने 'भरपर्दो' र 'सुनिश्चित' व्यापार विधि अपनाइरहेको दाबी गर्छन्।

उनीहरूका अनुसार युनिटीको कारोबार दीगो रहने दुई कारण छन् - १) यसले उच्च प्रतिफलयुक्त क्षेत्रहरूमा लगानी गरेको छ, र २) युनिटीले सजिवन आयोजनाद्वारा छिट्टै बायोडिजेल उत्पादन र कार्बन व्यापारमा पनि हात हाल्दैछ, जसले दीर्घकालीन रूपमा राम्रो प्रतिफल दिन्छ।

'हामीले रियलस्टेटमा २० करोड रुपैयाँ लगानी गरेका थियौं। छ महिनामै यो ४७ करोड रुपैयाँ बराबर भयो,' क्षेत्रीले भने। कम्पनीको लगानी योजनाअनुसार जम्मा १३ हजार रुपैयाँ लगाएर आगामी २१ वर्षमा १ करोड रुपैयाँभन्दा बढीको प्रतिफल पाइने उनले दाबी गरे।

दीर्घकालीन लगानीका हिसाबले रियलस्टेट भनेको एकदमै अस्थिर क्षेत्र हो। यही कारणले बिमा समितिले दीर्घकालीन दायित्व बेहोर्नुपर्ने बिमा कम्पनीहरूलाई रियलस्टेट क्षेत्रमा लगानी गर्ने अनुमति दिँदैन।

सजिवनमा लगानी गरेर वित्तीय रूपमा दीगो रहने कम्पनीको दाबी पनि तर्कपूर्ण छैन।

'सन् २०११ सम्म २ लाख ५० हजार हेक्टरमा सजिवन खेती गर्ने हाम्रो योजना छ। यसबाट एक अर्ब लिटर बायोइन्धन उत्पादन हुनेछ। हामी २०१७ सम्ममा डिजेलमा आत्मनिर्भर हुनेछौं। यसले हामीलाई एकाधिकारपूर्ण बजार र
राम्रो मुनाफा दिनेछ,' क्षेत्रीले भने, 'सजिवन खेती गरी कार्बन व्यापारका माध्यमबाट पनि ८० अर्ब रुपैयाँ कमाइ हुनेछ।'

ऊर्जा विशेषज्ञहरू भने यसलाई 'हावादारी गफ' भन्छन्।

'विकसित देशहरूमा भएका विशिष्ट अनुसन्धानले पनि सजिवन तेलले डिजेल प्रतिस्थापन गर्छ भन्ने पुष्टि गरेको छैन,' ऊर्जा अध्ययन केन्द्रका संयोजक अमृत नकर्मीले भने। सजिवन तेल १० प्रतिशतभन्दा बढी डिजेलमा मिसाउन पनि नसकिने उनले बताए।

नेपाल आयल निगमका इन्जिनियर सुशील भट्टराईले पनि भारतले सजिवन तेल उत्पादनसम्बन्धी अनुसन्धान गर्न भर्खरै सुरु गरेको जानकारी दिए। 'डिजेलमा ५ प्रतिशतसम्म सजिवन तेल मिसाउने भारत सरकारको दीर्घकालीन योजना छ,' उनले भने।

'डिजेललाई सजिवन तेलले पूर्ण रूपमा प्रतिस्थापन गर्ने युनिटीको दाबी हावादारी गफ हो,' उनले भने।
नागरिक न्युज बाट साभार गरिएको

पूर्व राजा ज्ञानेन्द्र द्वारा देश प्रति चिन्ता ब्यक्त

Saturday, May 15, 2010

अफ्रीका कंगोका कालेहरुले बोल्न जान्ने नेपाली भाषा नेपालका बासिन्दाले बोल्न पनि जान्दैनन् रे ?????????

malaysia ma nepali haru ko pidadayi byatha

Yahan Desh Ko Cha Chinta www.mastinepal.com

सूर्यमा हुने विस्फोटपछि निस्कने आगोको मुस्लो लाखौं किलोमिटर परसम्म पुग्ने गरेको अमेरिकी अन्तरीक्ष नियोग (नासा)ले जनाएको छ।
पशुपति आर्यघाटमा दाहसंस्कार गरेको दृश्य हेर्दै पर्यटकहरु

'घोप्टो पर्न लगाएर गर्धनमा उल्टो खुर्पाले हाने'

तस्वीर : माओवादी कार्यकर्ताको कुटाईले घाइते भएका ७२ वर्षीय वृद्ध लछे चुनारा कामी।

दाङ हापुर गाविस- २ गुर्जे निवासी ७२ वर्षीय लछे चुनारा कामीलाई बिहीवार साँझ स्थानीय माओवादीले निर्घात कुटेका हुन्। वृद्ध कामीको टाउको तथा हातमा खुर्पाले हिर्काएको गहिरो चोट छ। कामीका अनुसार जग्गाको विषयमा सामान्य विवाद हुँदा उनीहरुले कुटपिट गरेका हुन्। उनले घर बनाउन खोजेको ऐलानीपर्ती जग्गामा उनलाई कूटपिट गर्ने माओवादी कार्यकर्ताले पसल थापेका छन्। 'मैले घर बनाउँदै थिए, एकाएक उनीहरु आए' कामीले भने 'यो जग्गा छोड्स् कि छोड्दैनस् भन्दै लात्तीलात्तीले हाने।' उनको आफ्नै जग्गा पनि छ। तर छोराछोरीसँग जग्गा विवाद भएपछि उनले नजिकैको खाली ऐलानी जाग्गामा घर बनाउन लागेका थिए। त्यहीबेला माओवादीका कार्यकर्ता आएर उनलाई कूटपिट गरेका हुन्। 'यो जग्गा छोड्छस् कि छोड्दैनस् भन्दै कुटे' आफनो शरीरभरी चोटका डाम देखाएर रुदैं गरेका कामीले भने 'लौ अब त मर्छस् भन्दै घोप्टो पर्न लगाएर गर्धनमा उल्टो खुर्पाले हाने।'

Friday, May 14, 2010

मेरो प्यारो कपिलवस्तु






मेरो प्यारो कपिलवस्तु जहाँ शान्तिका अग्रदूत सिद्धार्थ गौतम बुद्ध को जन्म भएको थियो

यो पश्चिमान्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अंचलको कपिलवस्तु जिल्ला तिलौराकोट भन्ने सानो गाउँमा सिद्धार्थ गौतम बुद्धको जन्म भएको थियो त्यो नै मेरो प्यारो कपिलवस्तु अनि मेरो गाउँ बर्कुलपुर गा.बि.स. वार्ड नम्बर -२ मा पर्छ |
अहिले भारतले नक्कली कपिलवस्तु भारतमा बनाउदै छ भनेको सुन्दा दुख लगेर आउछ यसको लागि नेपाल सरकारले के हेरेर बसेको छ

बीरगंजमा अनौठो बच्चा


बीरगंज स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा जन्म लिएको अनौठो शिशु |

बाराको बरैनिया गाबिस निवासी बर्ष २५ कि रीना देवीको पहिलो बालकको रुपमा जन्मेको सो बालकको टाउको र लिगं दुइ वटा रहेको थियो भने, हात र खुट्टा चाही चार चार वटा थियो । पुरै ९ महिना पुगेर सुत्केरी वेथा लागेपछि उपचारको लागि बीरगंज स्थित नेशनल मेडिकल अस्पतालमा पुरयाएपछि यस्तो अचम्मको बालक जन्मेको थियो ।बालकलाई हेर्नेको अहिले अस्पतालमा भिड लागेको छ । बढदो भिडलाई ध्यानमा राखेर अस्पताल ब्यवस्थापनले भिडलाई नियन्त्रण गर्नको लागि निकै मेहनत गर्नु परेको थियो | tarainepal.com बाट साभार गरिएको

Thursday, May 13, 2010

सेलेंगोर प्रबासीनेपाली समाज कोष (मलेशिया)

यो समाज यहि २०६७ बैसाख ०१ तदनुसार १४ अप्रिल २०१० का दिन हामी ७ जनासाथी हरुको सामुहिक उपस्थितमा मलेशिया स्थित सेलान्गोर राज्यको मेरु सहरमा अबस्थित थ्रीस्टार रेमिटको बैठक कक्षमा बसेर मलेशियामा रहनुभएका प्रबासीनेपाली श्रमिकहरुको दुख अनि पिडा सहित हक र हितको लागि सहयोग हेतु यो संस्थाको स्थापना गर्न लागि पर्यौ |यो संस्था बास्तबमा कुनै राजनीतिक विचार लिएर अगाडी आएको होइन यो बिसुद्ध प्रबासीनेपाली श्रमिकहरुको आवाजलाइ सम्बन्धित ठाउंमा पुर्याउने अनि कुनैपनि प्रबासीनेपाली दाजुभाई दिदीबैनी हरुको दुखलाई सुखमा बदल्ने प्रेणाका साथ यो संस्था यहाँहरु समक्ष प्रस्तुत भएको छ | यो संस्थाको नाम बाट पनि सबैले सजिलै बुझ्न सक्नुहुन्छ यो संथाको काम र कर्तब्य तैपनि समग्रमा भन्नु पर्दा यो संस्थाको काम प्रबासीनेपाली हरुको सहयोग कोष हो यसको लागि यो संस्थामा आबद्ध हुन सबैभन्दा पहिले मलेसियन आर एम १० बुझाएर सदस्य बन्नु पर्नेछ | त्यसपछि प्रतेक महिनामा आर एम ५ बुझाएर सदस्यता नबिकरण गर्नुपर्नेछ | यो संस्थाले कुनै पनि प्रबासीनेपाली दुर्घटना,या सुतेको सुतै भएको खण्डमा या मेडिकल फेल भएरनेपाल जानु परेको खण्डमा या ससक्तबिरामी परि उपचारको खोजि गरिरहेको बेलामा यो संस्थाले सहयोग गर्ने बाचा सहित प्रबासीनेपाली साथी हरुमा सदस्यता लिनुहुन आग्रह गर्दछौ |साथै अन्यदेसमा रहनुभएका साथिहरुमा पनि सहयोगको भाबना सहित अगाडी बढ्नुहोला ......................|
धन्यवाद
अभिषेक खरेल
अध्यक्ष
सेलान्गोर प्रबासीनेपाली समाज कोष
http://prabasisamajkoshmeru.blogspot.com/

केन्द्रीय कार्य समिति

१ अभिषेक खरेल -अध्यक्ष
२- अर्जुन श्रेष्ठ -उपाधक्ष्य
३- केशब न्यौपाने -उपाध्यक्ष
४ प्रदिप दाहाल -महा-सचिब
५ संतोष गौरुंग -सचिब
६ डम्बर सुबेदी -कोषाध्यक्ष
७ तिमाल रत्न श्रेष्ठ (सदस्य)
८ नर बहादुर बिस्ट (सदस्य)
९ प्रकाश गुरुङ (सदस्य)

मलेशियामा नेपाली परम्परा


नेपालीठिटा राजु र समानस सिगमोनी






शीर्षक हेर्दा सबैलाई अनौठो लाग्नु स्वाभाविक हुनसक्छ तर जे देखियो त्यो नै लेखिदैछ बास्तबिकता |
नेपालमा बस्ने हामीहरु आफैलाई कहिले नेपाली पोशाक मनपरे पनि लगाउन लाज लाग्यो त्यो किन भन्दा अफ्नोदेशमा आफ्नो चिज बस्तु मन नपर्नु त ठिकै पनि हो सबैले बिदेशी परम्परा लाई अंगाल्दै पश्चिमा शैली फेसन गरिरहेको बेलामा हामीले किन नेपाली पोशाक तिर आखा लगाउने ??? बास्तबिकता के हो भने बिरनोभुमिमा अफ्नोदेशको याद मात्र
| यस्तै भयो १७-अप्रिल-२०१० को दिन मलेशियाको जोहोर बारू राज्यमा आज भन्दा ५ बर्ष पहिला बिधार्थी विसामा मलेशिया आउनु भएका रुपन्देही,बुटवल निवासी श्री जीव लाल शर्माको छोरा राजु शर्मा को बिबाह पार्टीमा नेपाली पोशाकमा दौरा सुर्बाल कोट टोपी मा सजिएका नेपाली ठिटा राजु र पवनकली पोशाक मा सजिएकी मलेसियन नागरिक इन्डियन मूल कि समानस सिगमोनी लाग्थ्यो हामी मलेशियामा नभई नेपालको कुनै पार्टी हलमा रमाउदैछौँ तर धन्यवाद दिन मनलाग्यो राजुजी तपाईं लाई किन कि नेपाली को रितिरिवाज संस्कृतिलाइ माया गरि मलेशियामा पनि नेपालमा जस्तैगरी बिबाह बन्धनमा बाधीनुभयो र बिर गोर्खालीको शिर लाई अझ माथि पारिदिनुभयो
जेहोस एउटा नेपाली बिधार्थी मलेशियामा आएर पढेर पनि आफ्नो जिबन उकास्न कयौं शंघर्ष गर्दै आज १७ अप्रिल मा मलेसियन नागरिक इन्डियन मुलकी समानस सिगमानी संग आफ्नो दाम्पत्य जिबन सुरु गर्नुभयो हामी तपाईंको हरेक पाइलामा सफलता संगै खुशीको बाहार आइरहोस भन्ने सुभकामना दिन चाहान्छौ

रेमिटान्सको दुख र यसको सदुपयोग

रेमिटान्सको दुख र यसको सदुपयोग

बैदेशिक रोजगारमा गएका नेपालीहरुको पसिनाको कमाईनै हाम्रो देशको ४० प्रतिशत आयश्रोत मानिन्छ | त्यो नै रेमिटान्स हो | बैदेशिक रोजगारबाट नेपाल भित्रने रेमिटान्सको दुख जति छ त्यसको दुरुपयोग्पानी त्यतिनै छ जस्तो लाग्छ किनकि बैदेशिक रोजगारबाट नेपाल भित्रने अर्थतन्त्र रेमिटान्स प्रति हाम्रो देश को सरकार गम्बिर रुपमा अगाडी बढेको देखिदैन नेपाल सरकारले रेमिटान्स सम्बन्धि बिशेष नीति-नियमहरु बनाएर अगाडी बढ्ननसके त्यसको परिणाम अन्ततः नराम्रो साबित हुन सक्छ | रेमिटान्स क्षेत्र लाई सरकारले दिने सेवाको स्तरवृद्धि पुर्बाधारमा थपलगानी बाताबरणमा उपेक्षित सुधार हुन नसकेका कारण रेमिटान्सको दुरुपयोग भएको देखिन जान्छ | यसको कारण देशको अवस्था अनुकुल नहुनु नै हो |यदि अनुकुल वातावरणको साथै नीति-नियमहरु भए रेमिटान्सबाट आउने श्रोतले देशलाई अझ बलियो र निर्भर पार्न मद्धत गर्छ | सेवा क्षेत्र, पर्यटन,उर्जा र कृषि जस्ता परियोजनामा रेमिटान्सको पैसालाई सदुपयोग गरे कसैसंग सहायताको लागि हात अगाडी बढाउने स्थितिको सुधार हुनेथियो |बैदेशिक रोजगारीमा जाने आमनेपालीहरु मध्यमबर्गीय परिवारको सदस्य हुन्छ जस्तै :( मलेशिया,दुवै,कतार र साउदी ) र ऊसको सपना भनेको बिदेसमा कमाएको पैसाले नेपालको अलि राम्रो ठाउँमा ३ कोठे घर बनाउने हुन्छ किनकि देसमा रेमिटान्स प्रतिको चासो नहुनु हो यदि रेमिटान्सको नीति नियम अनि देशमा अनुकुल बताबरंको स्थिति भएको भए उसको सपना बदलिन सक्थ्यो ऐले को परिस्थितिमा लगानीगरेर कुनै फाइदा देख्दैन भने किन दुखगरेर आर्जेको अर्जन्लाई बिथ्यमा लगानी गर्नु ?

प्रत्येक बर्ष देशको आयश्रोतको ४० प्रतिशत रेमिटान्सको सदुपयोग खै?अनि कहाँछन् नीति-नियमहरु ?मलेशियामा ३ बर्ष अबधि अनि खाडीमुलुकमा २ बर्ष अबधि सकेर नेपाल फर्कने १ जना नेपाली पनि लगानीको सोच लिएर फर्केको हुदैन किन? खै राष्ट्रले दिएको हामीले गरेको दुखको पैसाको सदुपयोग ? हाम्रो देशमा नेताहरुलाई जहिलेपनि कुर्ची अनि सत्ताको लागि आन्दोलनको नया नया विचारहरु मात्र प्रस्फुटन हुन्छ देश कहाँ पुगिसक्यो खै चिन्ता? एउटा गल्लिको बाटोमा खाडल भए अरुदेश संग हात थाप्न पुरानो बानी लागेकोले देशका जनता अन्यदेशमा गएर गरेको दुखको मुल्यांकन छैन | बैदेशिक रोजगारमा जाने नेपालीहरुको दुख भनेको देशको अर्थतन्त्रको दुख हो खै त्यो बुझेको नेताहरु तपाईंहरुलाई के थाहा बैदेशिक रोजगारीको दुख बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म साहुको गाली ,लात्ती सहेरगरेको कमाईलाई नेपाल सरकारले बेवास्ता गर्नु कहाँ सम्मको दुखदायीकुराहो अब पनि यसको सदुपयोग हुन सकेन भने यसको परिणाम आउन धेरै समय नलाग्ला यसको लागि नेपाल सरकार बाट अनुकुल बाताबरण बनाउनुपर्छ र रेमिटान्सको सहयोगबाट देशलाई सक्षम बनाउनुपर्छ |

ABHISHEK KHAREL ''Pratik''
THREE STAR REMITANCE
MALASIYA ,Meru Branch
H/P NO .6014-6050532
HELLO. 6012-7555493

Blog Archive