मानवताले तपाईंको सोचाइभन्दा अरूको सोचाइ कमजोर छ भन्दैन......



Pages

Saturday, May 22, 2010

एअर इन्डिआको विमान मैंगलोरमा दर्घटना


दुवईबाट भारतको मैङलोर आइरहेको एअर इण्डिआको यात्रुवाहक विमान शनिबार विहान मैङलोरमा दुर्घटनाग्रस्त भएको छ । बीबीसीका अनुसार उक्त विमानमा १ सय ६९ भन्दा बढी यात्रु सवार थिए । दुर्घटनामा धेरै व्यक्तिको मृत्यु भएको हुनसक्ने ऐजेन्सीहरुले जनाएको छ ।

मैङलोर सहर भन्दा ३० किलोमिटर टाढा तडके विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको हो । ल्याण्ड गर्ने समयमा विमान हवाई अड्डा भन्दा अगाडि बढेर पहाडी क्षेत्रमा झरेको बीबीसले जनाएको छ । दुर्घटनापछि विमानमा आगो लागेको छ । त्यहाँ उद्धार टोली पुगेको छ । कतिपय जिवित तर गम्भीर घाइतेलाई अस्पताल पुर्‍याउने प्रयास भइरहेको छ । ९ जनालाई जिवितै उद्धार गरिएको समाचार ऐजेन्जीहरुले जनाएको छ । घटनास्थलमा कतिपय शव देखिएको छ ।
युएईका लागि नेपाली राजदूत अर्जुनबहादुर थापाका अनुसार अधिकांश नेपालीहरु युएईका विभिन्न विमानस्थलबाट सिधा काठमाडौंको उडानमा जाने भएकोले दुर्घटनाग्रस्त विमानमा नेपालीहरु पर्ने संभावना अत्यन्त न्यून छ । 'सिधा उडान भएकोले उक्त विमानमा नेपाली यात्रु पर्ने संभावना छैन' थापाले भने-'यदी कोही गएका छन् की हामीले बुझ्दै छौं

1 comment:

  1. Applicant attention.

    2015-2016 loan investment offer 3% rate only. I am Mr Adams Kevin a
    representative of A.K.L.M insurance company, Email:(adams.credi@gmail.com)
    *Personal loan.
    * Business loan.
    * Investment Loan.
    * Home loan.
    * Student loan.
    * Investment loan.
    Here is a chance for you to urgently loan from Mr Adams Kevin loan investment. Contact Email: (adams.credi@gmail.com) for
    urgent loan information
    Application is out 2015.
    Email: adams.credi@gmail.com
    Tell: +187499384874

    ReplyDelete

Blog Archive