मानवताले तपाईंको सोचाइभन्दा अरूको सोचाइ कमजोर छ भन्दैन......



Pages

Tuesday, May 18, 2010

पोखराको युनिटी कार्यालय बन्द, अस्पतालमा प्रहरी तैनाथ


युनिटी लाइफ इन्टरनेसनलको पोखराको सिद्धार्थ चोकस्थित कार्यालय बन्द भएको छ। आफ्नो रकम फिर्ता पाउनु पर्ने माग राख्दै आक्रोशित सदस्यहरु सिमलचौरस्थित युनिटी अस्पतालमा केन्द्रित भएपछि प्रहरी तैनाथ गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी सम्भु कोइरालाले गृह मन्त्रालयको निर्देशनका आधारमा युनिटीका जिल्लास्थित जिम्मेवार व्यक्तिलाई पक्राउ गर्न आदेश दिएपछि जिल्ला प्रहरीको विशेष टोली खटिएको हो।गैरकानुनी आर्थिक कारोबार गरिरहेको युनिटी लाइफ इन्टरनेसनलको पोखरास्थित कार्यालयका सम्बन्धित अधिकारीलाई पक्राउ गर्न मंगलबार बिहानैबाट प्रहरी परिचालित भएको छ। प्रहरीका अनुसार युनिटीका निर्देशक लक्ष्मण शर्मा, कार्यक्रम संयोजक नरेन्द्र मैनाली र अस्पताल व्यवस्थापन समितिका माधव क्षेत्रीलाई प्रहरीले पक्राउ पुर्जीसहित खोजिरहेको छ।युनिटीको गैरकानूनी कारोबारबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि आईतबार र सोमबार पोखरास्थित कार्यालयमा पैसा फिर्ता माग्ने सयौं सदस्यको भीड लागेको थियो। पोखरा र आसपासका क्षेत्रमा युनिटीले करिब २३ हजार सदस्यबाट ३४ करोड रुपैयाँ उठाएको अनुमान छ।कतिपय सदस्य पैसा फिर्ता पाउनुपर्ने माग गर्दै सिमलचौरस्थित युनिटी अस्पतालमा समेत पुगेका थिए। उक्त अस्पतालका निर्देशक लक्ष्मण शर्मा पनि आइतबार युनिटीबारे पत्रपत्रिकामा समाचार छापिएपछि राजधानी गएका छन्।

युनिटीका क्षेत्री दाजुभाइ को हुन्?
अर्बौ रुपैयाँ उठाउन सफल युनिटी लाइफ इन्टरनेशनलका प्रवन्ध निर्देशक विष्णु क्षेत्रीको विगतबारे आश्चर्यजनक तथ्य फेला परेको छ।
आर्थर डाँडाखर्क गाविस-३ घर भएका विष्णु साढे १२ वर्ष अघि नेपाल प्रहरीबाट विभागीय कारवाहीको क्रममा पाँच महिना जेल परेका व्यक्ति हुन्। प्रहरी प्रधान कार्यालयको भण्डार शाखामा कार्यरत समयमा बिदा बसेका एक सहकर्मीको नक्कली हस्ताक्षर गरेर एकलाख ९४ हजार रुपैयाँ हिनामिना गरेका थिए।लेखापरीक्षण हुँदा हिनामिनाको घटना पत्ता लागेपछि प्रहरीको कोर्ट मार्शलको क्रममा उनी २०५४ असोजदेखि ५ महिना जेल परे। जेलबाट छुटेपछि वैदेशिक रोजगारीको क्रममा दुबई पुगेर त्यहाँको सुरक्षा गार्ड पदमा काम गरेका थिए। उनले दुबईको एक बैंकबाट क्रेडिट कार्डबाट ७६ हजार रियाल ऋण लिएका थिए। यो ऋण नतिरेपछि अहिले पनि उनको घरमा ऋण तिर्न बैंकले पत्राचार गरिरहेको छ।

एउटी पत्‍नी हुँदाहुँदै विष्णुले गत वर्ष युनिटीमै काम गर्ने अर्की एक युवतीसँग विवाह समेत गरेका छन्।

युनिटीमै प्रशिक्षण निर्देशक रहेका कृष्ण क्षेत्री र विष्णु सहोदर दाजुभाइ हुन्। १० वर्षअघि पर्वतबाट चितवन बसाई सरेका उनीहरुको शैक्षिक योग्यता १० कक्षा उत्तीर्ण मात्र हो। स्थानीय बासिन्दाहरुका अनुसार, दुबैले पञ्चकोशी माध्यामिक विद्यालयबाट १० कक्षा उत्तीर्ण गरेका छन्।
विष्णुले भने पृथ्वीनारायण क्याम्पसबाट आईए उत्तीर्ण गरेको प्रमाण पत्र देखाउने गरेका छन्।

गाउँमा सामाजिक काम धेरै गरेको बताए पनि अहिलेसम्म कुनै सहयोग नगरेको आर्थरकै स्थानीय पत्रकार दुर्गाप्रसाद शर्माले जानकारी दिए। 'गत माघमा भएको आर्थर महोत्सवमा प्रमुख अतिथि बनाएर लगेपछि दुईलाख रुपैयाँ दिने घोषणा गरेका थिए, घोषणा अनुसार अहिलेसम्म दिएको सुनेको छैन,' शर्माले नागरिकसँग भने।

विष्णुका दाजु कृष्ण भने नेपाली सेनाबाट जागिर छाडेका व्यक्ति हुन्।
http://www.nagariknews.com

1 comment:

  1. Applicant attention.

    2015-2016 loan investment offer 3% rate only. I am Mr Adams Kevin a
    representative of A.K.L.M insurance company, Email:(adams.credi@gmail.com)
    *Personal loan.
    * Business loan.
    * Investment Loan.
    * Home loan.
    * Student loan.
    * Investment loan.
    Here is a chance for you to urgently loan from Mr Adams Kevin loan investment. Contact Email: (adams.credi@gmail.com) for
    urgent loan information
    Application is out 2015.
    Email: adams.credi@gmail.com
    Tell: +187499384874

    ReplyDelete

Blog Archive