रेमिटान्सको दुख र यसको सदुपयोग
बैदेशिक रोजगारमा गएका नेपालीहरुको पसिनाको कमाईनै हाम्रो देशको ४० प्रतिशत आयश्रोत मानिन्छ | त्यो नै रेमिटान्स हो | बैदेशिक रोजगारबाट नेपाल भित्रने रेमिटान्सको दुख जति छ त्यसको दुरुपयोग्पानी त्यतिनै छ जस्तो लाग्छ किनकि बैदेशिक रोजगारबाट नेपाल भित्रने अर्थतन्त्र रेमिटान्स प्रति हाम्रो देश को सरकार गम्बिर रुपमा अगाडी बढेको देखिदैन नेपाल सरकारले रेमिटान्स सम्बन्धि बिशेष नीति-नियमहरु बनाएर अगाडी बढ्ननसके त्यसको परिणाम अन्ततः नराम्रो साबित हुन सक्छ | रेमिटान्स क्षेत्र लाई सरकारले दिने सेवाको स्तरवृद्धि पुर्बाधारमा थपलगानी बाताबरणमा उपेक्षित सुधार हुन नसकेका कारण रेमिटान्सको दुरुपयोग भएको देखिन जान्छ | यसको कारण देशको अवस्था अनुकुल नहुनु नै हो |यदि अनुकुल वातावरणको साथै नीति-नियमहरु भए रेमिटान्सबाट आउने श्रोतले देशलाई अझ बलियो र निर्भर पार्न मद्धत गर्छ | सेवा क्षेत्र, पर्यटन,उर्जा र कृषि जस्ता परियोजनामा रेमिटान्सको पैसालाई सदुपयोग गरे कसैसंग सहायताको लागि हात अगाडी बढाउने स्थितिको सुधार हुनेथियो |बैदेशिक रोजगारीमा जाने आमनेपालीहरु मध्यमबर्गीय परिवारको सदस्य हुन्छ जस्तै :( मलेशिया,दुवै,कतार र साउदी ) र ऊसको सपना भनेको बिदेसमा कमाएको पैसाले नेपालको अलि राम्रो ठाउँमा ३ कोठे घर बनाउने हुन्छ किनकि देसमा रेमिटान्स प्रतिको चासो नहुनु हो यदि रेमिटान्सको नीति नियम अनि देशमा अनुकुल बताबरंको स्थिति भएको भए उसको सपना बदलिन सक्थ्यो ऐले को परिस्थितिमा लगानीगरेर कुनै फाइदा देख्दैन भने किन दुखगरेर आर्जेको अर्जन्लाई बिथ्यमा लगानी गर्नु ?
प्रत्येक बर्ष देशको आयश्रोतको ४० प्रतिशत रेमिटान्सको सदुपयोग खै?अनि कहाँछन् नीति-नियमहरु ?मलेशियामा ३ बर्ष अबधि अनि खाडीमुलुकमा २ बर्ष अबधि सकेर नेपाल फर्कने १ जना नेपाली पनि लगानीको सोच लिएर फर्केको हुदैन किन? खै राष्ट्रले दिएको हामीले गरेको दुखको पैसाको सदुपयोग ? हाम्रो देशमा नेताहरुलाई जहिलेपनि कुर्ची अनि सत्ताको लागि आन्दोलनको नया नया विचारहरु मात्र प्रस्फुटन हुन्छ देश कहाँ पुगिसक्यो खै चिन्ता? एउटा गल्लिको बाटोमा खाडल भए अरुदेश संग हात थाप्न पुरानो बानी लागेकोले देशका जनता अन्यदेशमा गएर गरेको दुखको मुल्यांकन छैन | बैदेशिक रोजगारमा जाने नेपालीहरुको दुख भनेको देशको अर्थतन्त्रको दुख हो खै त्यो बुझेको नेताहरु तपाईंहरुलाई के थाहा बैदेशिक रोजगारीको दुख बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म साहुको गाली ,लात्ती सहेरगरेको कमाईलाई नेपाल सरकारले बेवास्ता गर्नु कहाँ सम्मको दुखदायीकुराहो अब पनि यसको सदुपयोग हुन सकेन भने यसको परिणाम आउन धेरै समय नलाग्ला यसको लागि नेपाल सरकार बाट अनुकुल बाताबरण बनाउनुपर्छ र रेमिटान्सको सहयोगबाट देशलाई सक्षम बनाउनुपर्छ |
ABHISHEK KHAREL ''Pratik''
THREE STAR REMITANCE
MALASIYA ,Meru Branch
H/P NO .6014-6050532
HELLO. 6012-7555493
Applicant attention.
ReplyDelete2015-2016 loan investment offer 3% rate only. I am Mr Adams Kevin a
representative of A.K.L.M insurance company, Email:(adams.credi@gmail.com)
*Personal loan.
* Business loan.
* Investment Loan.
* Home loan.
* Student loan.
* Investment loan.
Here is a chance for you to urgently loan from Mr Adams Kevin loan investment. Contact Email: (adams.credi@gmail.com) for
urgent loan information
Application is out 2015.
Email: adams.credi@gmail.com
Tell: +187499384874