मानवताले तपाईंको सोचाइभन्दा अरूको सोचाइ कमजोर छ भन्दैन......



Pages

Monday, June 7, 2010

२ जना नेपालीको कारदुर्घटना बाट क्यानाडा सास्केच्वानमा मृत्यु



सास्केच्वानमा दुइ नेपाली सहित अन्य तिनको कार दुर्घटनामा मृत्यु

क्यानाडाको सास्केच्वान प्रोविन्समा बिहिबार १ जुन २०१० का दिन अन्दाजि बिहान २ बजे दुइवटा कार ठोक्किदा दुइ नेपाली सहित अन्य तिन जनाको मृत्यु भएको बिभिन्न क्यानेडियन मिडियाहरुले जनाएको छ|समाचारमा जनाएअनुसार मृत्यु हुने हरु मध्य नर्थ बेट्लफोर्डका तर हाल सास्काटुन निवासी ३७ बर्षिय एलानि पेदि,१८ बर्षिय क्न्वे पेदि र १५ बर्षिय जस्मिन हर्ड्लोट छन उक्त घटनामा क्न्वे पेदि लाइ उद्धार गरेको तर केहि समय पछि हस्पिटलमा मृत्यु भएको थियो उनिहरु फोर्ड फोकस कारमा थिए |
अर्को माज्दा कारमा सवार सास्काटुन निवासी दुइजना पुरुष कार सहित नराम्रो सङ्ग जलेको अवस्थामा भेटिएका थिए र ति दुइको नाम सार्वजनिक गरेको छैन तर पुलिसले जनाएअनुसार नाम सार्वजनिक गर्नु अघि उनिहरुका साथिभाइहरु र आफन्तहरु लाइ सम्पर्क गर्ने काम भै रहेको छ|यता टोरोन्टो निवासी नरेन्द्र अधिकारीले टोरोन्टोनेपाल डट कम लाइ जानकारी दिए अनुसार मृत्यु हुने ति दुइ जना नेपालीहरु हुन जसमध्य एकजना को नाम सुसान्त भन्ने शरद बगाले हुन,उनको नेपालको घर चितवन हो र उनि अन्दाजि एक बर्ष अघि मलेसिया देखि क्यानाडा आएका थिए भने अर्का मोहन भट्टराइ हुन जसको नेपालको घर मोरङ्ग हो र उनि इजराइल देखि करिब एक वर्ष अघि क्यानाडा आएका थिए|

No comments:

Post a Comment

Blog Archive