NOTHING FREE IN THE WORLD .. बर्तमानसधै भबिष्य संग हिडिरहेको हुन्छ ||||
Sunday, December 13, 2009
राजदुताबास लाई जानकारी छैन दुई नेपाली लाई मृत्यु दण्डको सजायं
क्वालालम्पुर | ६ बर्ष अघि पक्राउ परेका दुई नेपालीलाई मलेशियाको उचाअदालतले नोभेम्बेर २६ तारिखमा मृत्युदण्डको फैसला सुनाएको छ | लागुऔषध करोबारमा संग्लग्न भएको आरोपमा अमेरिकाको लागुऔषध नियन्त्रक एजेन्सी र बुकित अमन प्रहरी द्वारा पक्राउ परेका २९ बर्षीय हरि बहादुर घले र ३० बर्षीय साजन गुरुङ लाई २००३ मे ३० मा ८ सय ७५ ग्राम खैरो हेरोइन संगै जलान शहरको एक होटेलमा पक्राउ गरेको थियो अभियुक्तहरुले आफ्नो बचावटको लागि ठोस् प्रमाण दिन नसकेपछि अदालत लेउनीहरुलाई गत २६ नोभेम्बेरमा उक्त फैसला सुनाइएको थियो | उक्त कुरा मलेसिया स्थित राजदुताबासमा जानकारी नभएको मलेशियाका राजदुत महामहिम डा. ऋषि अधिकारी ले बताउनुभयो |ठुलो परिणामको हेरोइन सहित पक्राउ परेकोलेउनीहरु निर्दोष प्रमाणित हुने सम्भावना कम रहेको बताइएको छ |यस अघि पनि यस्ता मुद्दामा घोषित सजायं लाई घटाउन दुताबास सफल रहेको र अब जानकारी भएपछि मलेसियन अधिकारी संग छलफल गर्ने बताउनुभयो| दुताबासका कर्मचारी हर्क तामांग ले बुधबार सम्म पनि उनीहरुका बारेमा कुनै जानकारी नआएको बताउनुभयो | ABHISHEK KHAREL MALAYSIA
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment