मानवताले तपाईंको सोचाइभन्दा अरूको सोचाइ कमजोर छ भन्दैन......



Pages

Sunday, March 28, 2010

स्व.गिरिजाप्रसाद कोइराला को श्रद्धान्जली सभा मलेशिया थ्रीस्टार रेमिटमा भएको केहि झलकहरु



स्व.गिरिजाप्रसाद कोइराला को श्रद्धान्जली सभा मलेशिया थ्रीस्टार रेमिटमा भएको केहि झलकहरु
मौन धारणगर्दै मा लगायत साथीहरु

मलेशियामा रहेका प्रबासी नेपालीहरु द्वारा स्व.कोइराला प्रति भाबपुर्ण श्रद्धान्जली

इतिहास पुरुष जननिर्बाचित द्वितीय प्रधानमन्त्री एबम लोकनायक स्व. गिरिजा प्रसाद कोइराला प्रति मलेशियामा रहेका प्रबासी नेपाली हरुले भाबपुर्ण श्रद्धान्जली ब्यक्त गरेका छन् मलेशियाको सेलान्गोर राज्यको मेरु सहरमा थ्रीस्टार रेमिटान्सको सभा हलमा आयोजित श्रद्धान्जली समारोह मा रेमिटान्स प्रतिनिधि श्री अभिषेक खरेल ले भाबपुर्ण श्रद्धान्जली अर्पण गर्दै
देशले एउटा राम्रो अभिभाबक गुमाएको भन्दै अब देशमाअरु नेताहरुलाई राजनीतिक सहमति गरि अघि बढ्न आग्रह गर्नुभयो
कार्यक्रम थ्रीस्टार रेमिटले योजना गरेको थियो कार्यक्रममा प्राय साथी हरुले श्रद्धान्जली शोक बक्तब्य दिनु भएको थियो उक्त समारोहमा प्रभु मनि ट्रान्सफर मेरु प्रतिनिधि अर्जुन श्रेष्ठ , फास्ट (सिटी एक्प्रेस ) रेमिट का तर्फ बाट केशब न्यौपाने ,तथा थ्रीस्टार रेमिटका अन्य साथी हरु रमेश चौधरी ,बिष्णु थापा ,अशोक गुरुङ , कुन्दन कुमार ठाकुर घुरन महतो आदि साथी हरुले लोकनायक स्व.गिरिजा प्रसाद कोइराला प्रति भfबपूर्ण श्रद्धान्जली अर्पण गर्दै नेपाली राजनीतिमा गहिरो चोट लागेको बताउदै अब नेता हरुले राजनीति क्षेत्र मात्र नभई अर्थतन्त्रमा पनि सोच्नुपर्ने बेला आएको स्मरण गराउनु भयो यसै कार्यक्रममा थ्रीस्टार रेमिट केलांग शाखा प्रतिनिधि श्री डम्बर सुबेदीले नेपालमा गिरिजा बाबुले गरेको एतिहासिक कामगर्न अबका नेताहरुलाई हम्मे हम्मे पर्ने हुदा सबैलाइ समेटेर नमुना नेपालको चित्रकोर्न आग्रह गर्नु भयो यस्तै तिमालरत्न श्रेष्ठले देश अहिले भयाबह स्थितिमा रहेकोले समयमा नै नेताहरुले गिरिजाबाबुको देनलाई अगाडी बडाउदै लैजानसके कोइराला प्रति सच्चा श्रद्धान्जली हुने कुरा कार्यक्रममा राख्नु भयो कार्यक्रममा अन्य प्रबासी दाजु भाईहरुको पनि उपस्थित रहेको थियो यसै गरि थ्रीस्टार रेमिटान्स मेरु शाखामा १३ दिन सम्म शोक पुस्तिका राख्ने निर्णय मेरु शाखा प्रतिनिधि खरेलले जानकारी दिनुभयो .

Sunday, March 21, 2010

अल बिदा गिरिजा बाबु


मलेशियामा रहेका प्रबासी नेपालीहरु द्वारा स्व.कोइराला प्रति भाबपुर्ण श्रद्धान्जली

इतिहास पुरुष जननिर्बाचित द्वितीय प्रधानमन्त्री एबम लोकनायक स्व. गिरिजा प्रसाद कोइराला प्रति मलेशियामा रहेका प्रबासी नेपाली हरुले भाबपुर्ण श्रद्धान्जली ब्यक्त गरेका छन् मलेशियाको सेलान्गोर राज्यको मेरु सहरमा थ्रीस्टार रेमिटान्सको सभा हलमा बिहानदेखि आयोजित श्रद्धान्जली समारोह मा रेमिटान्स प्रतिनिधि श्री अभिषेक खरेल ले भाबपुर्ण श्रद्धान्जली अर्पण गर्दै
देशले एउटा राम्रो अभिभाबक गुमाएको भन्दै अब देशमाअरु नेताहरुलाई राजनीतिक सहमति गरि अघि बढ्न आग्रह गर्नुभयो
उक्त कार्यक्रम थ्रीस्टार रेमिट ले योजना गरेको थियो कार्यक्रममा प्राय साथी हरुले श्रद्धान्जली शोक बक्तब्य दिनु भएको थियो उक्त समारोहमा प्रभु मनि ट्रान्सफर मेरु प्रतिनिधि अर्जुन श्रेष्ठ ,फस्ट रेमिट का तर्फ बाट केशब न्यौपाने ,आइ एम ई का तर्फबाट डोलेन्द्र पौडेल उपस्थित हुनुन्थ्यो यसैगरि अन्य प्रबासी दाजु भाईहरुको पनि उपस्थित रहेको थियो

Sunday, March 14, 2010

मेरो दादाको बिहेको रमाइलोमा सबैजना तर म बाहेक


दादा & भाबी

गोकर्ण जी, दादा,भाबी,अनि SRISTI

मोहन जी दादा भाबी अनि सिरु

केशर दादा भाबी अनि संजु

मेरो जिन्दगीको सबै भन्दा नरमाइलो क्षण गत माघ २४/२०६६ (०७/०२/२०१०) नेपालमा मेरो दादाको बिहे थियो मा बिहेमा जाने भनेर सबै सामानको जोरजाम गरेर बसेको तर मनै जाननपाउनु कस्तो दुखद क्षण होला मेरो अफिसको कामले गर्दा मलाई बिदा नै मिलेन अनि त्यो खुशी मेरो सबै पानीमा गयो आज भोलि कुनै सुभाकार्य हुन लागेकोछ भने त्यति खुशी हुन पनि छाडीसके किन कि बिरानो देसमा कमौना भनेर आएको यहाबाट जहिले जा भन्छ त्यो दिन मात्र जानपौने भएपछि किन खुशिमानीरहनु भनेर जे होस् दादाको बिहेमा जना नपाए पनि बिहेको फोटोले मा गएको झझल्को गरौचा कहिले कहिँ यो फोटो हेरेर पनि आफुनै खाएको भान भएर आउछ त्यसैले यो फोटो मैले आफ्नो झझल्को मेटाउन को लागि आफ्नो ब्लग स्पोट मा राखेको छु

Friday, March 5, 2010

म अनि मेरो मलेशिया यात्रा

म अनि मेरो मलेशिया बसाई
म अभिषेक खरेल घर बर्कुलपुर गा.बि.स-२ इमिलिया कपिलवस्तु आज भन्दा करिब २ बर्ष अगाडी मलाई बिदेस जाने रहरले सारै छोएको थियो र कहिले जानेहोला अनि बिदेस मा गएर धेरै पैसा कमाउला भन्ने सोच लिएर २०६५-०३-२५ (९ जुलाई २००८) मा नेपाल स्थित थ्री स्टार रेमिटान्स को मलेशिया मा पनि शाखा रहेछ त्यसैमा जागिर खानको लागि त्यो दिन बेलुका मेरो बिदेस गमनको थियो धेरै सपनाहरु बुन्दै बिहान देखिनै म प्रशन्न मुद्रामा थिए घरमा मम्मी बाबा ले कता कता खल्लो महसुस गर्नुभएको थियो छोरा भएर जन्म लिएपछि सबैकुरा जान्नु अनि बुझ्नु पर्ने भएकोले मैले खासै खल्लो महसुस गरेको थिएन अर्थात् बाहिरी रुप मा देखिएको थिएन म बिहान देखिनै उक्त थ्री स्टार रेमिट को अनि एभरेस्ट बैंक को कागजपत्र पनि मलेशिया लैजानु परेकोले म दिनभरी बाहिर नै ब्यस्त थिए अनि ठिक २/३ बजे तिर म घरमा पुगेको थिए मलाई बिदाई गर्नको लागि मेरो ठुली आमा सानी आमा माइजु दिदि भिनाजु सबैको उपस्थिति रहेछ त्यसपछि मात्र मलाई केहि नरमाइलो महसुस भयो अनि कुराकानी गर्दै जादा मेरो पनि तयारी हुने बेला भैसकेछ राती ११.३०बजे को फ्लाइट थियो घरमा मेरो मनपर्ने खानापुरी अनि तरकारी बनेको रहेछ खाना खाए अनि ठुलिअमा सानी आमा हरु मलाई आशिर्बाद दिएर आफ्नो घर तर्फा लग्नु भयो बेलुका को ८ बजे तिर म दादा मम्मी ड्याडी भै त्रिभुबन विमानस्थल तर्फा लाग्यौ अनि विमानस्थलमा म जस्ता सयौं साथीहरु बिदेस यात्रामा हुनुहुदो रहेछ अनि बल्ल मैले आफ्नो मन लाई धैर्य पारे तर पनि यो मनले कहाँ मान्थ्यो र जन्म देखि घर छोडेर कहिँ नगएको मान्छे एक्कासीआफ्नो घर अनि परिवार छोडेर बिरनो देसमा जादा नरमाइलो त अवस्य नै लाग्छ तैपनि मजस्ता साथीहरु यति धेरै अफ्नोघर परिवार छोडेर जादै हुनुन्छ भने म को हो किन दुख मान्ने आफैलाई आफुले नै सम्झाऊदैछु ......बिडम्बना के थियो त भन्दा नेपालमा रोजगारीको अवसर नभएर सयौं म जस्ता नेपाली दाजुभाई हरु बिदेसिनु परेको हो हाम्रो देसका नेताहरु सत्ताअनि कुर्चीको लैगि मात्र राजनीति गर्नेमात्र छन् अनि कहाँ बाट नेपाली हरु ले नेपालमा जागिर को सपना देख्न सक्छन त ?त्यै हो बिदेसी हरु को लात सहेर भएपनि बिदेस गएर केहि कमाऊन सक्छु कि भन्ने आशहो ............जब म विमानस्थलको अध्यागमन बिभाग बाट भित्र पसे अनि त्यहाँ जहाज न आउने बेला सम्म कुर्नु पर्ने रहेछ कुर्दा कुर्दै ११.३० पनि भयो तर जहाज उड्न ढिलो हुने भयो भनेर सूचना आयो ११.३० को जहाज १.३० म मलेसियाको लागि प्रस्थान गर्नेभयो अनि त्यतिन्जेल भित्र साथीहरु बनियो गफ गाफ हुदै गयो निन्द्रपनी लागेको छैन उता विमानस्थल को पछाडी सानोठिमी घरमा मम्मी सुत्नुभएको पनि छैन होला यता आफुलाई पनि घरको यादले निद्रा लागेको छैन साथी भाई संग खेलेको रमाइलो गरेको याद झल्झली आखा अगाडी नै आउछ कति बेला १.३० बज्ला जस्तो भयो सोच्दै जादा १.३० पनि भयो अनि सबै जना लाइन लागि बिमान तर्फ लाग्यौं जीवन मा पहिलो पटक अन्तरास्ट्रिय बिमानमा पाइलाहाल्दै छु दर पनि त्यस्तै लागिरहेको छ क गर्नु मरे सबै जना एकै पटक मरिन्छ भन्दै माता मनकामना लाई सम्झेर पाइला हाल्नु भन्दा पहिला विमानमा ढोगे अनि मात्र विमानमा प्रबेस गरे अनि केहि छिनमा विमानले हलुका संग गतिलिदै मेरो प्यारो मातृभूमि मेरो घर परिवार मम्मी ड्याडी अनि दादा बैनीहरु सबै लाई मैले ३ बर्षको लागि बाईबाई गर्दै आखाबाट आशुं बगाउदै मातृभूमि को धर्ति छोडेर म बिरानो देस तर्फ पैसा कमाउने सपना बोकेर लागे ...........रातभरीनिन्द्रा पनि लागेन रातीनै भएपनि झ्याल बाट बाहिर हेर्थे कहिले ए पी जे अब्दुल कलाम लेखक भएको अग्नि कि उडान भन्ने किताब पल्टाउदै आफ्नो मन लाई धैर्य बनाउने प्रयासमा थिए थाहा नै भएन कति बेला मा निदाउन पुगेछु त्यस पछि सायद रातिको २/३ बजेको हुनु पर्छ एयर होस्टेज ले खान लिएर आएको खान त हात मा समाते तर मम्मु ले बनाएको जस्तो खान त कहाँ हुन्छ र क गर्नु खान मन नहुदा पनि जबर्जस्ति खाएजस्तो गरे त्यसपछि निन्द्रा लग्न छोड्यो बिहान को झिसमिसमा हामी हरु थाइलेडंको आकासमा पुगेछौ एयर होस्टेज हरु ले बताउदै थिए अनि हलुका बिहान हुदै गयो थाइलेडं सिंगापुर हुदै बिहान को ६.१५ मा हामीहरु मलेसिया स्थित क्वालालम्पुर को के एल आइ ए बिमानस्थलमा प्रबेस गर्यौं हाम्रो नेपाल को भन्दा त कयौं गुना ठुलो विमानस्थल अनि सबै सुबिधा सम्पन्न रहेछ एकछिन उभिएर हेरु हेरु जस्तो लाग्ने तर के गर्नु बिरानो देसमा हराउने पो होकी त्यो पनि डर लागिरहेको छ अनि पहिला मलेशिया बसेर बिदामा जाने साथी हरु पनि मेरो साथी हुनुभएकोले गर्दा मलाई त्यति गारो त भएन सबै साथीहरु जता लग्नुहुन्छ मपनि त्यतै लागे फेरी मलेशिया मा आउने सबै साथी हरु कुन कम्पनी मा आउने हो त्यो कम्पनी को ग्रुप हुने रहेछ आफु त सोझो न कुनै त्यस्तो कम्पनी मा आएको न त ग्रुप संग नै म त एक्लै त्यै पनि मेरो बाबा बिदेस घुमेकोले गर्दा मलाई हल्का जानकारी चाही थियो त्यति राम्रो संग थाहा थिएन अरु त सबै ठिकै नै थियो जब हामी हरु मलेसिया को अध्यागमन म प्रबेस गर्यौं त्यहाँ को अलिकति कुरा मलाई सहिनसक्नु भएको थियो मैले चाहेर पनि केहि गर्न सक्नेथियेना किन कि यो आफ्नो देस होइन अनि यहाँ को अध्यागमन मा बस्ने हरु लाई पनि त्यति राम्रो संग अंग्रेजी नाउने रहेछ बोल्नुपर्ने मलायु (मलेसिया को लोकल भाषा )यो अलिकति गारो अनि मलेशियामा हामीहरु कम गर्न आएको हो यहाको सरकारले हामीलाई किनेको छ त यहाँ को प्रसासन ले त हामी हरु लाई इजत्त दिनुपर्नेको सट्टा हामीजस्ता सोझा साझा कामगर्न आएको शर्मिक हरुलाई विमानस्थलको चोसो भुइँमा बस्न लगाउने अनि अलिकति सोझोजस्तो मान्छे पाएभने लात्तीले हान्ने जे मुखमा आयो त्यसै भन्ने गर्दा रहेछन त्यो ब्यबहार मलाई पटक्कै मनपरेको थिएन साथीहरुलाई गरेको त्यस्तो ब्यबहारले म एक्लो मान्छे केहि भन्न पनि मिलेन र मैले भन्नखोजे पनि मलाई सपोर्ट गर्ने त्यहाँ कोहि पनि नहुने देखेर मा चुप नै लागि बसे त्यतिन्जेल मेरो पालो आएको छैन बिहान मलेशियामा पानि परेको थियो घरको याद आयो बाथरूम मा गएर रुनसम्म रोए जब सम्ममेरो आखामा आशु सकिएन त्यसपछि मैले बाथरूम मा गएर D N सर लाई फोन गरे त्यो पनि मलेसियाको RM ३ तिरेर के गर्नु नेपालबाट पैसा कमाउन आएको हातमा मोबाइल पनि थिएन अनि त्यहिँ बाथरूम सफा गर्ने मान्छेलाई भनेर फोन गरे अनि सर ले मान्छे तिमीलाई लिन एयर पोर्ट पुगिसकेको छ भानु भयो अनि म मेरो नाम लेखेको प्ले कार्ड लिएर बसेको थिए अधबैसे ठिटो मलाई लिन आएको रहेछ उसले मेरो नाम देख्ने बितिकै हात उठाएर बोलायो अनि म उ संग बाहिर निस्किए अनि उ र मा अब क्वालालुम्पुर थ्री स्टार रेमिट को अफिस तर्फ लाग्यौं त्यो विमानस्थल बाट क्वालालुम्पुर भन्ने ठाउं त करिब १ घण्टा को बाटो रहेछ अनि ड्राइभर र म कुरागर्दै बाटो लाग्यौं त्यसपछि १ घण्टा पछि हामी आइपुग्युं त्यो ओफिस मा त सबै दाजु हरु नेपाली हुनुहुदो रहेछ त्यसमा एभरेस्ट बैंक को मलेसिया प्रतिनिधि भरत कार्की ,उपकर पुन अनि शोभा दिदि पनि मलाई अचम्म लग्यो सबै नेपाली लाई देख्दा अनि त्यो दिन रेस्ट गरे घरमा ड्याडी मम्मी लाई फोन गरे मा राम्रो संग पुगे भनेर सबै जना खुशी हुनु भयो अनि मा पनि आफ्नो कम तर्फ लागे अर्को दिन बाट मार्केटिंग जानु पर्ने ग्राहक हरुलाई फकाई यहाँ बाट पैसाहाल्दा राम्रो हुन्छ रेट पनि हाम्रो राम्रो छ भन्नु पर्ने नया नयामा त अलि गारो अनि कस्तो कस्तो लग्यो त्यसपछि १महिना पछि त्यति सारो घरको याद औना पनि छाड्यो अनि यहाँ साथी हरु संग चिनजान गर्दा गर्दै यतै को बाताबरणमा घुलमिल भईयो अनि दिनहरु यसै तरिका ले बित्दै गए २माहिना लागे पछी मलाई क्वालालुम्पुर बाट सिंगापुर को सिमाना नजिकै जोहोर बारू भन्ने ठाउंमा जानु पर्ने भयो अनि D N सर म भएर अर्को दिन जोहोर भारु लाग्यौं क्वालालम्पुर बाट ६०० कि मि रहेछ जोहोर बारू भन्ने ठाउं बिहान बस चढेकोलगभग ४बजे हामी त्यहाँ पुग्यौं अनि त्यहाँको ओफिसमा गएर बिमल काफ्ले सर हुनुहुदो रहेछ रमाइलो मान्छे त्यसदिन बाट म जोहोर को लागि स्थाई भै बसनुपरने भयो र बसे रमाइलो लग्दैगयो बस्दै गइयो जोहोर बारूमा धेरै साथीहरु बनाए त्यति बेला सिंगापुर जाने अवसर पनि पाएको थिए रामिलो भयो लगभग म जोहोर बारू मा १ बर्ष बसे त्यतिन्जेल ममाथि कुनै प्रकारको घटना ममाथि घटेन जुन म जोहोर बारूमा बस्दा त्यसपछि म अगस्ट २१ २००९ मा जोहोर बारू बाट फेरी क्वालालम्पुर जानुपर्ने भयो जोहोर बारुमा जति साथीहरु बनाएको थिए सबैलाई मिस गर्दै अनि मेरो अफिस को स्टाफ मारन,माला ,बंगाली लाई मिस गर्दै म क्वालालम्पुर हिडे त्यति बेला मारन अनि माला रोएर मलाई जे बि बाट बिदाई गर्दै गए मलाई नरमाइलो लाग्यो क गर्नु काम गर्न आएको हामीहरु बोस हरुले जहाँ जना भन्छन त्यतैजानुपर्ने अनि म के एल गए त्यो दिन अर्को दिन के एल मा बसियो तेस्रो दिन मलाई के एल बाट इपोह को शाखामा लैजाने कुरा भयो त्यो पनि स्वीकार्नुपर्ने अनि मलेशिया पनि घुम्न पाउनेरमाइलो नै हो भनेर म इपोह तिर लागे इपोहमा म २ दिन बसियो अनि मा फेरी के एल आए अनि के एल बाट क्लांग भन्ने ठाउंमा आए यहाँ आएको करिब १ महिना भएको थियो होला मा माथि मेरो जीवनमा नभएको घटना घट्यो त्यो पनि मेरो कमजोरी नै भन्नुपर्छ म सधै बस्ने काउन्टर बाट RM ४९५०.०० अचानक हरायो कसरि किन भन्ने सवालको जवाफ मा संग भेट मा विस्तार हुन्छ त्यो नै मेरो जीवनमा पहिलो अनि मलेशिया आएको पहिलो घटना थियो त्यो देखि उप्रान्त आज सम्म माता मनकामनाको अशिर्बदले कसैको अगाडी झुकेर हिड्नुपरेको छैन र हिड्नु पनि नपरोस भन्दै मेरा केहि कुरा हरु यहाँ लेखेको छु अरु पनि थुप्रै छन् त्यो लेखेर सकिदैन जस्तो लाग्यो त्यसैले यसलाई यति मै बिश्राम गर्न चाहन्छु भयो भने यसैमा थप्दै जाने छु धन्यवाद
अभिषेक खरेल

Blog Archive